सन्नी लियोनीले किनिन् संसारकै महंगो मासेराटी कार, १ घन्टामा २८३ किलोमिटर गुड्ने

पूर्वपोर्नस्टार तथा भारतीय फिल्म अभिनेत्री सन्नी लियोनीले संसारकै महंगो कारमध्ये एक मानिने मासेराटी कार किनेकी छिन् । उनले किनेको कार हो मासेराटी घिबली नेरिसिमो एडिसन हो ।

भारतको एक्स सोरुममा यसको मूल्य १ करोड ३६ लाख भारु छ । नेपाली रुपैयाँमा मात्र हिसाब गर्दा पनि यसको मूल्य नेपालमा ६ करोड ५२ लाख रुपैयाँ भन्दा बढी पर्न आउँछ । किनभने नेपालमा गाडी आयात गर्दा २५० प्रतिशतसम्म कर तिर्नुपर्छ ।

कार खरिद गरेपछि सन्नी लियोनीको फेरि एक पटक चर्चा चुलिएको छ । सन्नीले अमेरिकामा यो कार किनेकी हुन् । कार निर्माता कम्पनी मासेराटीले न्युयोर्क मोटर शो २०१७ मा यो कार पहिलो पटक प्रदर्शन राखेको थियोे ।

कम्पनीले संसारभर यो ब्रान्डका ४ सय ५० कार मात्र उत्पादन गरेको छ । सन्नीले आफ्नो इन्स्टाग्राममा पनि संसारका ४ सय ५० कारमध्ये आफ्नो पनि एक भएकोमा गर्व गरेकी छिन् ।

कम्पनीले यसमा ३.० लिटरको टर्बो भी-६ इन्जिन राखेको छ । यो फरारीको इन्जिन हो । यसले ३४५ बीएचपी पावर र ४०४ एनएम टर्क प्रदान गर्छ ।

संसारकै तिव्र गतिमा कुद्ने कार निर्माण गर्ने कम्पनीको रुपमा परिचित मासेराटी कम्पनीको यो कारले ४.७ सेकेन्डमै शून्यदेखि १ सय किलोमिटरको गति लिन सक्छ । यसको टप स्पिड २८३ किलोमिटर प्रतिघण्टा छ । – एजेन्सी