‘ए मेरो हजुर २’ लिएर अष्ट्रेलिया उड्दै साम्राज्ञी

नेपाल रिलिजमा सफल फिल्म ‘ए मेरो हजूर २’ को अब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा शो हुने भएको छ । अष्ट्रेलियास्थित सिड्नीको हो र होईन होला ईभेन्टस र तासमानियाको तास इभेन्टले अष्ट्रेलियाको प्रदर्शनको व्यवस्था मिलाएको हो ।

‘हो र होईन होला’ का रोशन भट्टराईको जानकारी अनुसार ‘ए मेरो हजुर २’ को शोका लागि निर्मात्री तथा निर्देशक झरना थापा र नायिका साम्रागी राज्यलक्ष्मी शाह त्यहाँ जाने भएका छन । तास्मानियाका छत्र थापाले ‘ए मेरो हजुर २’ लाई सिड्नीमा नोभेम्बर १८, तास्मानियामा १२ नोभेम्बर र मेलबर्नमा १९ नोभेम्बरमा प्रदर्शन गर्नेछन् । अभिनेत्री थापाको डेव्यु निर्देशन रहेको फिल्ममा साम्राज्ञी, नव नायक सलिनमान बनियाँ र कलाकार सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सलिन र साम्राज्ञीसँग गरिएको रमाईलो कुराकुरानी हेर्नुस् :