चर्चित नायक राज बल्लभ कोइरालाको अमेरिकामा यसरी सम्पन्नभयो विवाह..

सिर १८, वासिङ्टन । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नायक राज बल्लभ कोइरालाको विवाह सम्पन्न भएको छ ।आइतबारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग लगनगाँठो कसेका हुन् । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् ।

उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदारसँगै शुभचिन्तक, साहित्यकारसमुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो । नायक कोईरालाले दुई महिना अगाडी विवाह गर्ने तय भएको सामाजिक सञ्जालमा लेखेका थिए ।