इराकको युवतीहरूको यस्तो छ सुन्दरताको ८ रहस्य

महिलाहरू आफ्नो सुन्दरताको विशेष ख्याल राख्छन् । उनीहरू सुन्दरता र फिगर मेन्टेन राख्नका लागि आफ्नो आहारमा न्यूट्रीएन्ट्सले भरिपूर्ण आहार सेवन गर्न रुचाउँछन् ।यसबाट उनीहरूको त्वचाको चमक बढ्छ । साथै कपालको चम्किलोपन रहिरहन्छ । स्वास्थ्यवर्धक आहारको कारणले इराकको महिलाहरूको वजन पनि नियन्त्रणमा रहन्छ । यसकारण आज हामी यहाँ इराकको महिलाहरू अधिक सुन्दर हुनुको ८ रहस्यमय तथ्यको बारेमा चर्चा गर्दैछौँ ।

१-इराकको महिलाहरू गहुँलाई कुटेर बनाइएको आहार बल्गर खाने गर्दछन् । यसले त्वचाको चमक बढाउँछ र फिगर मेन्टेन रहन्छ ।

२-उनीहरू आर्गेन ओयलले मसाज गर्दछन् । यसले त्वचाको चमक बढाउँछ र बढ्दो उमेरको असर अनुहारमा देखिदैन ।

३-उनीहरू डोलमा खान रुचाउने गर्दछन् । यसलाई चामलमा फल, मीट या सब्जीको स्टफिंगको साथ बनाईने गरिन्छ । यसले त्वचा, कपालको चमक बढाउँछ ।

४-उनीहरू मीट या चिकनबाट बनेको आहार खाने गर्दछन् । यसबाट इनर्जी प्राप्त हुन्छ र वजन नियन्त्रण रहन्छ ।

५-इराकी महिलाहरू दही र पुदिनाबाट बनेको ड्रिंक शिनेना पिउन रुचाउने गर्दछन् । यसबाट त्वचा र कपाल स्वस्थ रहन्छ ।

६-उनीहरू खजुर खाने गर्दछन् । यसले त्वचा र कपालको चमक बढाउँछ ।

७-उनीहरू दही, सब्जी र मीटबाट बनेको सूप पिउने गर्दछन् । यसले सुन्दरता बढाउँछ र वजन नियन्त्रण राख्न मद्दत गर्छ ।

८-उनीहरू शीपबाट बनेको आहार पाचा खाने गर्दछन् । यसले सुन्दरतामा निखार ल्याउँछ ।