आजको महाँशिवरात्रीमा ५१ बर्षपछि यसरी संयोग जुरेको छ यी दुई भाग्यमानी राशीको लागि !

आजको महाँशिवरात्रीमा ५१ बर्षपछि यसरी संयोग जुरेको छ यी दुई भाग्यमानी राशीको लागि ! महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । मान्यता अनुसार यस दिन भगवान शिवको माता पार्वतीसँग विवाह भएको दिन मानिन्छ । ५१ वर्ष पछि यो पटक विशेष संयोग बन्न लागेको छ ।

यस वर्षको शिवरात्रि फागुन १ मंगलबारको दिनमा पर्न गएको छ । मंगलबारको दिन महाशिवरात्रि पर्व हुनु निकै नै शुभ हुने गर्दछ किनकि मंगलबारको दिन शिवको प्रति रुपमानिने संकटमोचन हनुमान जीको बिषेस दिन पनि हो । ज्योतिषको अनुसार यस्तो संयोगबाट २ राशिहरुलाई सबैभन्दा फाईदा प्राप्त हुने भएको छ ।

मीन राशि: यो राशि भएका मानिसलाई व्यापार र जागीरमा राम्रो सफलता प्राप्त हुनेछ । बेरोजगार रहेकाले नयाँ जागीरको अवसर प्राप्त गर्ने छन् । नयाँ पुराना समस्या समाधान भइ आम्दानी बढ्ने छ ।

मेष राशि: यस संयोगको शुभ असर मेष राशिलाई सबैभन्दा धेरै हुनेछ । मेष राशि भएकाहरुलाई कैयौ शानदार अवसर प्राप्त हुनेछ, जसबाट उनीहरुको प्रतिष्ठा बढ्ने, धनको समस्याको समाधान हुने र सोचेको काम सबै सजिलैसँग पुरा हुनेछ ।