सजायमा बितेको ३ बर्ष म बिर्सु कसरी – सागर थापा

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएपछि जिन्दगीकै सबैभन्दा कठिन समयबाट बाहिर निस्कन पाएको भन्दै खुशी साटासाट गरेका छन् ।

राज्यविरुद्धको अपराधमा मुद्दा खेपेका उनीहरुले सफाइपछि विशेष अदालत परिसरमै आरोपसहित बाँचेको कठिन तीन वर्ष सम्झिरहेका थिए ।

राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापाले आरोप लिएर बाँच्न निकै सकस भएको र त्यसबाट सफाइ पाएसँगै राष्ट्रिय टिममा फर्किएर खेल्ने इच्छा बलियो बनेको बताएका छन् ।

‘यत्रो वर्ष देशका लागि खेलियो । त्यसमा लडेर आज न्याय पाउँदा खुशी लागेको छ । अब एएफसीमा, फिफामा पनि अपिल गर्नुपर्छ । त्यसपछि राष्ट्रिय टिममा फर्किएर खेल्न सक्छौं’ विशेष अदालत बाहिर भेटिएका उनले सुनाए, ‘अझै पनि राष्ट्रिय टिममा खेल्ने इच्छा छ ।’

बाँकी भिडियोमा